पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता शेखरको सुझाव
एक्सन खबर
काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।
जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।
उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन सरकारलाइ सुझाव दिएका छन् ।
कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस।’
पछिल्लाे समय सरकारले पेट्राेलियम पदार्थमा अत्याधिक वृद्धि गर्दा उपभाेक्ता मारमा परेका छन् । रूस–युकेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मुल्य बढ्दाे छ ।
0 प्रतिकृया