Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


नेककी प्राध्यापक त्रिपाठीले बेलायतको इम्पेरियल कलेज पुगेर दिइन् ‘वोट अफ थ्याङ्क्स’

एक्सन खबर


नेककी प्राध्यापक त्रिपाठीले बेलायतको इम्पेरियल कलेज पुगेर दिइन् ‘वोट अफ थ्याङ्क्स’

काठमाडौं, १०, असार । बेलायतको इम्पेरियल कलेज लण्डनका एक प्रोफेसरसँग अन्तराष्ट्रिय रिसर्चमा सर्वोत्कृष्ट सहकार्य गरेकी नेपाल इन्जिनियरिङ कलेज (नेक) की एक प्राध्यापकले लण्डन पुगेर ‘वोट अफ थ्याङ्क्स’ दिएकी छिन् ।

नेककी विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीसँगको सहकार्यमा आफ्नो करियरकै पहिलो अन्तराष्ट्रिय रिसर्चको थालनी गरेका इम्पेरियल कलेजका प्राध्यापक डाक्टर माइकल टेम्पलटनको निमन्त्रणामा सहभागी हुँदै त्रिपाठीले ‘वोट अफ थ्याङ्क्स’ दिएकी हुन् । गएको मे १८ मा लण्डनमा आयोजित प्रा. डा. टेम्पल्टनको इनागुरल लेक्चर कार्यक्रममा टेम्पलटनको धन्यवाद मन्तव्य पछि प्राध्यापक त्रिपाठीले ‘वोट अफ थ्याङ्क्स’ दिएकी हुन् ।

सन् २००७ देखि २०१० सम्म प्राध्यापक त्रिपाठीको नेतृत्वमा टेम्पलटनले ‘नेपालमा सुकुम्बासी र सुकुम्बासीहरूका लागि उपयुक्त सुरक्षित खानेपानी र सरसफाइ प्रणालीको विकास’ सम्बन्धी करियरकै पहिलो अन्तराष्ट्रिय रिसर्च गरेका थिए । उक्त रिसर्चमा नेकका फ्याकल्टी र विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्राध्यापक त्रिपाठीले टेम्पलन सँगको सहकार्यमा आफूसँगै रिसर्चमा सहभागी नेकका फ्याकल्टी र विद्यार्थीहरूले समेत लाभ लिएको बताइन् । साथै उनले खानेपानी र सरसफाइका क्षेत्रमा प्रा.डा. टेम्पलटनले गरेको सोध अनुसन्धानले विश्वका करोडौं जनताको जीवन बचाउन सहयोग पुग्ने चर्चा गरिन् ।

‘प्राध्यापक डाक्टर माइकल टेम्पलटन यस्तो व्यक्तित्व हो जसले गरिब र सीमान्तकृत जनताको जीवनस्तर सुधार गर्न पानी र सरसफाइ क्षेत्रमा निरन्तर काम गरिरहनु भएको छ । विश्वका करोडौं मानिसहरूको जीवन परिवर्तन गर्न र बचाउन उहाँको सोध अनुसन्धान महत्वपूर्ण हुन सक्छ ।’ प्राध्यापक त्रिपाठीले ‘वोट अफ थ्याङ्क्स’मा भनेकी छिन् । प्रा.डा. टेम्पलटनले आफ्नो शैक्षिक व्यवसायिक जीवनमा उत्कृष्ठ योगदान पुर्याए वापत ‘वोट अफ थ्याङ्क्स’ का लागि लण्डन आमन्त्रण गरेका थिए । 

टेम्पलटन सन् २००७/२०१० मा नेपाल इन्जिनियरिङ कलेजमा प्राध्यापक त्रिपाठीको नेतृत्वमा रहेको डिएफआइडी/ब्रिटिस काउन्सिलको डेल्फे कार्यक्रम अन्तर्गत ‘नेपालमा सुकुम्बासी र सुकुम्बासीहरूका लागि उपयुक्त सुरक्षित खानेपानी र सरसफाइ प्रणालीको विकास’ परियोजनामा संलग्न थिए । त्यसबेलादेखि प्राध्यापक त्रिपाठीसँगै नेकका विद्यार्थीहरु र  प्रा.डा. टेम्लेटनविच विभिन्न रिसर्चहरूमा सहकार्य भइरहेको थियो ।

टेम्पलटन सन् २०१८ मा प्रोफेसरमा बढुवा भएका हुन् । उनी नेकमा भिजिटिङ प्राध्यापक हुँदा त्रिपाठी अनुसन्धानकर्ता र क्षेत्र पर्यवेक्षकको रूपमा संलग्न थिइन् । प्राध्यापक त्रिपाठीले १९ मेमा इम्पेरियल कलेज लण्डनका पीएच.डी. तथा मास्टर्सका विद्यार्थीहरु र प्राध्यापकहरूलाई दिगो सरसफाइ र पानी प्रदुषण अनुसन्धान सम्बन्धी सेमिनार प्रस्तुतिकरण समेत गरेकी थिइन् ।

प्रा.डा. टेम्पलटन इम्पेरियल कलेजको सिभिल र वातावरणीय इन्जिनियरिङ विभागमा जनस्वास्थ्य इन्जिनियरिङका प्राध्यापक तथा अक्सफ्याम एण्ड वाटर फर पिपुल/रोयल एकेडेमी अफ इन्जिनियरिङ् रिसर्च चेयर इन ग्लोबल सेनिटेसन टेक्नोलोजीमा आबद्ध छन् । उनी सिभिल इन्जिनियरहरूको संस्थाका फेलो समेत हुन् ।

उनले विश्व स्वास्थ्य संगठन, युके रिसर्च एण्ड इनोभेसन ग्लोबल च्यालेन्ज रिसर्च फण्ड, क्यानडाको प्राकृतिक विज्ञान र इन्जिनियरिङ रिसर्च काउन्सिल र स्वीडिशका लागि रणनीतिक सल्लाहकार समूह र प्राविधिक समीक्षा प्यानलहरूमा सेवा गरेका छन् । उनी इम्पेरियल कलेज लन्डनको ग्लोबल डेभलपमेन्ट हबका सह–अध्यक्ष पनि हुन् ।














0 प्रतिकृया