Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट

एक्सन खबर
असार, ११, २०७९


दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट

खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेस गरेको छ । शुक्रबार सम्पन्न आठौं नगरसभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको हो ।

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ ।

संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ । यस्तै, संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ ।

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालुमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए । कार्यक्रममा मेयर तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।













0 प्रतिकृया