Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


हत्याका १२ जना आरोपि पुर्पक्षका लागि कारागार चलान

एक्सन खबर
असार, ११, २०७९


हत्याका १२ जना आरोपि पुर्पक्षका लागि कारागार चलान

बारा, ११ असार । बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो । कारागार चलान गरिएका १२ जनाको बारेमा प्रहरीले शुक्रबारमात्रै विवरण सार्वजनिक गरेको हो ।

हत्या आरोपमा कारागार चलान हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सन्दिप थापा, जीतपुरसिमरा वडा नम्बर २ फुलवारी टोलमा बस्ने वर्ष ४२ का  केवी रिजाल भन्ने  खगेन्द्र रिजाल, सोही पालिका वडा नम्बर २ सम्झौता टोलमा बस्ने वर्ष ३५ का उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री, सोही ठाउँ बस्ने २४ वर्षका  सुजन भन्ने सुमन लामा  छन् ।

यसैगरी वडा नम्बर ६ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी, वडा नम्बर ३ शिव मन्दिर टोल बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदिप घिमिरे, वडा नम्बर ३ रामवन टाँडी टोलका वर्ष २६ का सन्तोष खत्री, वडा नम्बर ६ नगौल टोलका वर्ष ५० की दुर्गादेवी खत्री र सोही ठाउँमा बस्ने वर्ष ५० का संते बछार भएको प्रहरीले जनाएको छ ।

३० वैशाख अर्थात स्थानीय निर्वाचनका दिन बिहान ३:३० बजे स्थानीय चित्रबहादुर क्षेत्रीको घरमा पौडेलको हत्या गरेको भन्दै मृतकका पिता चिरञ्जीवी भक्त पौडेलले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

क्षेत्री समेतले घरमा बोलाएर छोराको हत्या गर्ने मनसायले कुटपिट गरेको र उनको मृत्यु भएको आरोप लगाएका थिए । पक्राउ परेका क्षेत्रीको घरमा राति अवेरसम्म बसेका पौडेललाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाने क्रममा सोही दिन मृत्यु भएको थियो ।

उनको मृत्यु स्वभाविक नभएको भन्दै मृतकका आफन्तले प्रहरीमा क्षेत्रीसहितका १२ जना विरुद्ध जाहेरी दिएको थियो । घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै पौडेल पक्षले सडक जाम गरेर जीतपुर बजारमा आन्दोलन समेत गर्दै आएको थियो ।

इलाका प्रहरी सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाका अनुसार चुनावको अघिल्लो रात बैशाख २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा राकेशभक्तको हत्या भएको थियो ।

चित्रबहादुर, नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ६ को वडा सदस्य पदको लागि उम्मेदवार थिए । तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक राकेशभक्त सहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए ।













0 प्रतिकृया