Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


सुनसरी उवा संघको निर्वाचनमा ककसले नाम दर्ता गराए ? (नामावली सहित)

भरतराज शर्मा (गाेपाल)
असार, १२, २०७९


सुनसरी उवा संघको निर्वाचनमा ककसले नाम दर्ता गराए ? (नामावली सहित)

धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहि असार २० गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम अनुसार तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघ निर्वाचन समितिका अनुसार शिवराज श्रेष्ठ, विजय श्रेष्ठ तथा पवनकुमार अग्रवालले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । यी मध्ये पवनकुमार अग्रवाल संघको एक कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । शिवराज श्रेष्ठ बर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष हुन् । विजय श्रेष्ठ २०७६ सालको निर्वाचनमा बर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग पराजित उम्मेदवार हुन् ।

संघको एशोसिएटस सदस्य तर्फ तीन जना निर्विरोध विजयी भइसकेका छन् । तीन सदस्य रहेको एशोसिएट सदस्यमा गोपाल श्रेष्ठ, अशोक जैन तथा राजु साहको मात्र मनोनय परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यी मध्ये गोपाल श्रेष्ठ बर्तमान कार्य समितिका कोषाध्यक्ष हुन् । भने, अशोक जैन सदस्य हुन् ।

यस्तै, वस्तुगत सदस्य तर्फ पाँच जनाको उम्मेदवारी परेको छ । वस्तुगतबाट अनिल ताम्राकार, नारायण लिम्बु, रामश्वरुप शर्मा, नविन कुमार तामाङ र भद्रमान गुरुङले उम्मेदवारी दिएका छन् । यी मध्ये, रामश्वरुप, नारायण, अनिल बर्तमान कार्य समिति सदस्य हुन् ।

उद्योग तर्फको सदस्य पदका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार विष्णु बराल, पीयुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, कृष्णप्रसाद पाठक, भोलानाथ प्रधान, चन्द्रप्रसाद बजगाईंले उम्मेदवारी दर्ता गराएका छन् । यी मध्ये पीयुषराज बर्तमान कार्य समितिका उद्योग सचिब हुन् । विष्णु बराल, प्रभाव खतिवडा, महेन्द्र प्रधान बर्तमान कार्य समितिका सदस्य हुन् ।

उद्योग तर्फ महिला सदस्यमा स्तुती श्रेष्ठको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी छिन् । वाणिज्य तर्फको सदस्यमा २१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार किशन मास्के, राजेश श्रेष्ठ, सिताराम आचार्य, राजेश अग्रवाल, शशी साह, नविन लिम्बु, अमित अग्रहरी, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, सन्दीप शाक्य, लिलाबहादुर विश्वकर्मा, शैलेशकुमार आचार्य प्रमोदले वाणिज्य तर्फको सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तैगरी रविकुमार राई, फिरोज अली, दिनेश राई, उपेन्द्र चाम्लिङ, नविनराज भण्डारी, काजी गिरी, ओमबहादुर कटुवाल, विश्वराम कार्की, जयप्रकाश शर्माले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्य तर्फ महिला सदस्यमा ममता शाक्य र बर्षा अग्रवाल श्रेष्ठको उम्मेदवारी रहेको छ । वाणिज्य तर्फ ७ सदस्य पदका लागि २१ जना, उद्योग तर्फ ४ सदस्यका लागि ७ जना र वाणिज्य तर्फ महिला तर्फ १ जनाको पदका लागि २ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

असार २० गते हुन गइरहेकाे संघकाे निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ १८५८, उद्योग तर्फ १००३, बस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।













0 प्रतिकृया