Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन विधि संगत नभएको दावी

एक्सन खबर
असार, १३, २०७९


सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन विधि संगत नभएको दावी

धरान । सुनसरी उद्योग वाणिज्य संघको यही असार २० गते हुन गइरहेको निर्वाचन विधि र प्रक्रिया भन्दा बाहिर गएर भइरहेको एक व्यवसायीले आरोप लगाएका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी धरानका हार्डवेयर ब्यवसायी विष्णुकुमार लोहीयाले संघको निर्वाचनमा निर्वाचनको सामान्य प्रक्रिया समेत पालना नगरेको जिकीर गरेका छन् ।

सामान्यतया संघ संस्थाहरुको निर्वाचनमा उम्मेदवारहरुको मतपत्र तयार पार्दा संस्था÷फर्म दर्ता वा बर्णानुक्रमका आधारमा तयार गरिने भएतापनि सुनसरी उद्योग बाणिज्य संघ धरानको निर्वाचनमा भने यो दुबै अभ्यासलाई पाखा लगाइएको उनको भनाई छ ।

‘सुनसरी उद्योग वाणिज्य संघको असार २० गते हुन गइरहेको निर्वाचन विधि र प्रक्रिया भन्दा बाहिर रहेर भइरहेको छ । संघको सदस्यता नविकरणमा समेत पक्षपात गरिएको छ ।’ लोहियाले पत्रकार सम्मेलनमा भने ।

उनले संघका अध्यक्ष गिरीधारी सापकोटाले आफ्नो सदस्यता नविकरणको निवेदन दिन जाँदा कर चुक्ता प्रमाणपत्र माग गरेको तर आफुसँग कर चुक्ता नभएकाले नविकरण नगरिदिएको तर, आफ्नो निवेदन दर्ता समेत नगरीकन मौखिक रुपमा खारेज गरिदिएको बताए । ‘सदस्यता नविकरण गर्न जाँदा मेरो निवेदन दर्ता समेत नगरी अध्यक्ष गिरीधारी सापकोटाले मौखिक रुपमा खारेज गरिदिए ।’ लोहियाले भने ।

उनले नभएको सदस्यता नविकरण भइरहेको आर्थिक वर्षको कर चुक्ता आईनसकेको फर्महरुको समेत सदस्यता नविकरण भइरहेको जिकीर गरेका छन् ।  सुनसरी उद्योग वाणिज्य संघको काम कार्वाही फर्जि भएको र विवादलाई साम्य पार्ने नाउँमा अपनाईएको विधि निर्वाचनको कुनै प्रक्रियासँग पनि नमिल्दो देखिएको दावी गरे ।

लोहियाले निर्वाचन समितिका प्रमुख डा. राजेन्द्र शर्मालाई समेत आफुले संघको त्रुटी बारे जानकारी गराउँदा त्रुटीलाई सच्याउने भनेपनि कार्यान्वयन नगरेको बताए । विभिन्न विवादमा मध्यस्तता गर्ने निर्वाचन अधिकारी र संघले अपनाएको विधि निर्वाचनको आचारसंहिता सँग मेल नखाने तर्क गरेका छन् ।

उनले चुनाबी प्रक्रियामा देखिएको कमजोरीलाई सच्याएर प्रक्रिया अगाडी बढाउन सुझाएका छन् । संघको सदस्यता नविकरण गर्ने सवालमा फर्मको कर चुक्ता प्रमाणपत्र नबुझि धमाधम नविकरण भइरहेको भन्दै लोहियाले तुरुन्त सच्च्याउन माग समेत गरे । त्यस्तैगरी सरकारको सम्पुर्ण निकायहरुमा राजश्व संकलनमा संघले इमान्दारीतापूर्वक पारदर्शिताका साथ सहयोग गर्नुपर्ने उवासंघको कर्तव्य हुनुपर्ने पनि बताएका छन् ।













0 प्रतिकृया