Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?, झापाकाे तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

एक्सन खबर
असार, १४, २०७९


आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?,  झापाकाे तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौं, १४ असार । देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
 
दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा  र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

 बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ  र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव  हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।













0 प्रतिकृया