Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


प्राकृतिक विपत्तिको जोखिम बढेकोमा भगवती चौधरीद्वारा सरकारको ध्यानाकर्षण

एक्सन खबर
असार, १५, २०७९


प्राकृतिक विपत्तिको जोखिम बढेकोमा भगवती चौधरीद्वारा सरकारको ध्यानाकर्षण

सुनसरी । अबिरल वर्षासँगै मुलुकभर प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीले विपद् व्यवस्थापन, सावधानी र जोखिम क्षेत्रका जनताको उद्दारतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

विगत दुई दिनयता देशका अधिकांश क्षेत्रमा भारी मात्रामा बर्षा भएसँगै पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो र तपाईमा बाढीको प्रकोप आउन सक्ने भन्दै चौधरीले समयमै प्राकृतिक विपत्तिबाट बच्न पूर्व तयारी गर्न समेत सरकारसँग माग गरेकी छन् ।

पहाडी जिल्ला तथा तराईका अधिकांश क्षेत्रहरु डुवानमा परेको उल्लेख गर्दै नेतृ चौधरीले नागरिक विपत्तिमा पर्दा राज्य अभिभावक बन्नु पर्ने सरकारलाई स्मरण गराएकी छिन् । ‘कुनैपनि विपत् र संकटमा परेका बेला जनताको अभिभावक बन्नु राज्यको कर्तव्य र दायित्व हो । नागरिक विपद्मा पर्दा राज्य मुकदर्शक बन्नु हुँदैन ।’ चौधरीले भनेकी छिन् ।

‘विगत केही दिनयता निरन्तर परेको वर्षासँगै पहाडी तथा तराईका विभिन्न जिल्लाहरुमा भू–क्षय, बाढी पहिरो जस्ता पा्रकृतिक विपत्तिहरु निम्तने खतरा बढेको छ । पूर्वी तराईका अधिकांश जिल्लाहरु जलमग्न भएको ठूला तथा साना खोलानालाहरु बाढीले भरिएको हुँदा आम जनता प्राकृतिक प्रकोपको खतरामा परेका छन् ।’ नेतृ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

उनले प्राकृतिक विपद्को चपेटामा पर्नसक्ने जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित गर्न÷गराउन समयमै सावधानी अपनाउन र विपद् व्यवस्थापनमा तत्काल उद्दार, राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छिन् ।  

साथै, सुनसरी जिल्ला सह–इन्चार्ज चौधरीले जनतालाई पनि यो बेला नदीनाला र डुवान भएका क्षेत्रहरुमा नजान र सावधानी अपनाउन आग्रह गरेकी छिन् । चौधरीले मानो रोपेर मुरी फलाउने दिन असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा किसान दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना पनि व्यक्त गरेकी छिन् ।













0 प्रतिकृया