Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


बासुकीमार्गमा केएमसीको दाँत तथा आँखाको स्वास्थ्य शिविरबाट ५१२ लाभान्वित

एक्सन खबर
असार, १६, २०७९


बासुकीमार्गमा केएमसीको दाँत तथा आँखाको स्वास्थ्य शिविरबाट ५१२ लाभान्वित

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरबाट ५१२ जना लाभान्वित भएका छन् । सिनामंगल स्थित केएमसीले काठमाडौं महानगरपालिका वडा नं. ३१ बासुकी मार्गको भ्याली पब्लिक स्कुलको प्राङ्गणमा आयोजित दन्त तथा आँखाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

केएमसीका जेनेरल मेनेजर नारायण दाहालका अनुसार असार १५ र १६ गते भएको स्वास्थ्य शिविरमा ५५ जनाको दाँत खोलिएको थियो भने, ४४ जनालाई अस्पताल रेफर गरिएको थियो । शिविरमा केएमसीका दाँत तथा आँखाका चिकित्सकहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दाँत तथा आँखा परीक्षण गरेका थिए ।

केएमसीले दाँत तथा आँखाको सँगै सबै प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविरहरु चलाउने गरेको छ । ल्याव तथा विभिन्न स्वास्थ्य उपकरण सहितको स्वास्थ्य शिविरमा आएका मध्ये तत्काल उपचार गर्न नसकिने गम्भिर प्रकारका बिरामीहरुलाई उपचारार्थ अस्पताल रेफर गर्ने गरिएको छ ।

नोबेल शिक्षण असपतालका सञ्चालक डा. सुनिल शर्माले केएमसी लिएसँगै अस्पतालको स्वास्थ्य सेवालाई समुदाय केन्द्रीत बनाइएको छ । पछिल्ला डेढ वर्षयता केएमसीले उपत्यका तथा उपत्यकासँग जोडिएका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर पठाएरै सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको छ ।

शिक्षा तथा स्वास्थ्य सेवामा आम जनताको सर्वसुलभ पहुँच पुर्याउन डा. शर्माले केएमसी र नोबेल शिक्षण अस्पतालको स्वास्थ्य सेवालाई गाउँ गाउँ प्र्याउने अभियान चलाई रहेका छन् ।















0 प्रतिकृया