Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेजकाे अध्यक्षमा खनाल

एक्सन खबर
असार, १८, २०७९


स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेजकाे अध्यक्षमा खनाल

भक्तपुर, १७ असार । स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ । कलेजमा रहेका कर्मचारीहरुको भेलाबाट मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

संगठनको उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिव श्रृषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहेका छन् । सदस्यहरुमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोबर्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेका छन् ।

सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भएर सञ्चालित पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका आधा दर्जन विषयहरूमा अध्ययन अध्यापन हुने गरेकाे छ ।














0 प्रतिकृया