Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचनमा ७६ प्रतिशत मत खस्याे

एक्सन खबर
असार, २०, २०७९


सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचनमा ७६ प्रतिशत मत खस्याे

धरान, २० असार । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा मतदानमा ७६ प्रतिशत मत खसेकाे छ । संघकाे कार्यालयमा सम्पन्न मतदानमा २९७७ मतदाता रहेकाेमा २२७८ जनाले सहभागिता जनाएकाे निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले बताए ।

उनका अनुसार कूल मत मध्ये  ७६ प्रतिशत मत खसेको निर्वाचन छ । डा. शर्माका अनुसार अध्यक्षमा २२७८, वाणिज्य तर्फ १४००, उद्योग तर्फ ७८२ र बस्तुगत तर्फ १९ मत खसेको छ । सङ्घको अध्यक्षमा विजय श्रेष्ठ, शिवराज श्रेष्ठ र पवन अग्रवालले उम्मेदवारी दिएका छन् ।

संघको वाणिज्यतर्फ ८ पदका लागि २१, उद्योग तर्फ ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको थियो । ४ जना सदस्यहरू यसअघि नै निर्विराेध निर्वाचित भइसकेका छन् ।

डा. शर्माले सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएकाे बताउँदै  भोलि मंगलबार बिहान ८ बजे देखि मतगणना हुने जानकारी दिएका छन् ।



















0 प्रतिकृया