Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


वडाध्यक्षले सेवाग्राहीलाई हातपात गरेको आरोप

एक्सन खबर
असार, २४, २०७९


वडाध्यक्षले सेवाग्राहीलाई हातपात गरेको आरोप

विशाल बस्नेत
महोत्तरी, २३ असार । सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ । वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास-९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् ।

घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा-९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन बिहीबार वडा कार्यालय पुगेका थिए ।

पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो ।'काकीको सिफारिसको लागि मैले वडाध्यक्षलाई अनुरोध गर्दा एक्कासि रिसाउनुभयो,' पीडित भनिएका महतोले भने ।

सामान्य विवाद हुन थालेपछि वडाध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए ।

यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए । पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्‍याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।













0 प्रतिकृया