Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज यी प्रदेशमा वर्षाको सम्भावना

एक्सन खबर
असार, २६, २०७९


आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २६ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भू–भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













0 प्रतिकृया