Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आज दिउँसो यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

एक्सन खबर
असार, २७, २०७९


आज दिउँसो यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं, २७ असार । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकंलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे भन्दै महाशाखाले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
 













0 प्रतिकृया