Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


‘माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ’ घनश्याम भुषाल

एक्सन खबर
असार, २७, २०७९


‘माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ’ घनश्याम भुषाल

काठमाडाैं, २७ असार । नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ ।

भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने भुसालले बताएका छन् । ‘ओली (केपी शर्मा ओली)ले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि अगाडि रहेको तर, त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ,’ उनले लेखेका छन् ।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भएकाे उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनाइ छ ।















0 प्रतिकृया