Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


सुनसरीमा १७ वर्षीय किशाेरकाे धारिलाे चक्कु प्रहारबाट मृत्यु

एक्सन खबर
असार, २८, २०७९


सुनसरीमा १७ वर्षीय किशाेरकाे धारिलाे चक्कु प्रहारबाट मृत्यु

सुनसरी, २८ असार । सुनसरीकाे रामधुनी नगरपालिकामा धारिलाे चक्कु प्रहारबाट १७ वर्षीय किशाेरकाे मृत्यु भएकाे छ । रामधुनी वडा नं. ६  सरौना बस्ने १६ वर्षीय विवेक ऋषिदेवलाई आफ्नो छिमेकी जाङली ऋषिदेवको घरमा सुतिरहेको अवस्थामा वडा नं. ७ बस्ने १७ वर्षीय निशान चौधरीले आज बिहान धारिलाे चक्कु प्रहार गरेका थिए ।

बिहान करिव ६ बजे सुतिरहेकै अबस्थामा पेटमा निशान चाैधरीले धारिलो हतियार चक्कु  प्रहार गरि घम्भिर घाइते भएका विवेकको उपचारको क्राममा बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएकाे छ ।

छुरा प्रहार गर्ने निशान चौधरीलाई पक्राउ गरि कार्बाही प्रक्रिया आगाडि बढाएको ईलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ।













0 प्रतिकृया