Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


राजधानीका सडकको दुरावस्था (फोटो फिचर)

एक्सन खबर


राजधानीका सडकको दुरावस्था (फोटो फिचर)

काठमाडौं, २८ असार । काठमाडौं नेपालको राजधानी हो तर, राजधानीका लागि हुनुपर्ने गुण भने पटक्कै छैन । सडक, ढल, खानेपानीका क्षेत्रमा राजधानी जस्तो अस्तव्यस्त मुलुकमा अन्य सहर छैनन् भन्दा पनि हुन्छ ।

साठी लाख बढी जनसंख्या रहेको उपत्यकाका अधिकांश क्षेत्रका सडक कमजोर छन् । बर्षातको समय कालोपत्रे गरीएका राजधानीका सडक जलमग्न हुन्छन् । भने, कालोपत्रे नगरिएका ग्राभेल तथा मर्मत संभार नभएका सडकमा सवारी साधन मात्र हैन पैदलयात्रु समेत हिँडडुल गर्न सकस छ ।

तिनकुने, पुतलीसडक, असन, मैतिदेवी, ज्ञानेश्वर जस्ता होचा स्थानमा साना सवारी साधन नै डुब्नेगरी वर्षातको पानी जम्ने गरेको छ भने, कच्ची सडक हिँड्नै नसक्ने हुन्छन् । सडक डिभिजन कार्यालय, काठमाडौं महानगरपालिका लगायत नियामक निकायले राजधानीलाई सुन्दर र व्यवस्थित बनाउन दिर्घकालिन योजना बनाउन नसक्दा आम जनता कष्टकर रुपमा जीवन व्यतित गर्न बाध्य छन् ।

हेर्नुहोस थप फोटोहरु













0 प्रतिकृया