Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


कोभिडको दोश्रो डोज खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

एक्सन खबर
साउन, १, २०७९


कोभिडको दोश्रो डोज खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

सुनसरी, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरी रामधुनी ७ की ५७ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. कृष्णा पोखरेलले जनाएकी छन् ।

कोभिड–१९ को दोश्रो डोज समेत लगाएकी ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ । उनी असार ३१ गते प्रतिष्ठानमा उपचारार्थ भर्ना भएकी थिइन् । उनको असार ३२ गते बेलुकी ५ः३५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार मृतक महिलाको शव कोभिड नियमानुसार व्यवस्थापन भइरहेको छ ।

 

 













0 प्रतिकृया