Follow us:


Follow us

२८ जेठ २०८३, बिहिवार
२८ जेठ २०८३, बिहिवार


संखपार्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९५३ जना लाभान्वित

एक्सन खबर
साउन, २, २०७९


संखपार्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९५३ जना लाभान्वित

काठमाडौं, २ साउन । काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरबाट ९५३ जना लाभान्वित भएका छन् । केएमसीले ललितपुरको संखपार्कमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन ९५३ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा १४५ जनाको इसिजी गरिएको छ । २०७ जनाको ल्याव परीक्षण गरिँदा १९८ जनाको यूएसजी र ३५ जनाको दाँत खोलिएको छ । त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दा ४२ जनालाई ओ.टी. रेफर गरिएको छ ।

हिमालयन इन्जिनियरिङ कलेजको सहकार्यमा गरिएको स्वास्थ्य शिविरले स्थानीय सर्वसाधारण नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी मिलेको छ । केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो समय पूर्वी नेपालमा नोबेल शिक्षण अस्पताल जस्तो प्रतिष्ठित स्वास्थ्य संस्था सञ्चालन गरेर नेपालको स्वास्थ्य शिक्षा र सेवामा योगदान पुर्याउँदै आएका डा. सुनिल शर्माले केएमसीको नेतृत्व लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा ठूलो सुधार भइरहेको छ । डा. शर्माकै निर्देशनमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर लिएर केएमसीका दक्ष चिकित्सकहरु पुगेका छन् ।

 
















0 प्रतिकृया