वीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा. रौनियारको निधन
एक्सन खबर
सुनसरी, ३ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ । उनको मंगलबार बिहान १० बजे भारतको कलकत्तामा निधन भएको हो ।
डा. रौनियार मिर्गौला रोगबाट ग्रसित थिए । डा. रौनियार रेडियोलोजिष्टमा गोल्डमेडलिष्ट हुन् । डा. रौनियारको बुधबार बिहान दुहबीस्थित बुढीखोलामा अन्त्यष्टि गरिने बताइएको छ ।
प्रतिष्ठानको उपकुलपति रहँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेको भएपनि कार्यकालको अन्तिम समयतिर विशेष अदालतबाट सफाई पाएका थिए ।
0 प्रतिकृया