Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रदेश १ र सुदूरपश्चिम प्रदेशमाका धेरै स्थानमा भारी वर्षाको सम्भावना

एक्सन खबर
साउन, ५, २०७९


प्रदेश १ र सुदूरपश्चिम प्रदेशमाका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ५ साउन । हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भू–भागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ ।सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ।

‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ ।

 













0 प्रतिकृया