Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


वीपी प्रतिष्ठानका पूर्व उपकुलपतिको निधनमा शोक विदा, ३ दिन आधा झण्डा झुकाइने

एक्सन खबर


वीपी प्रतिष्ठानका पूर्व उपकुलपतिको निधनमा शोक विदा, ३ दिन आधा झण्डा झुकाइने

सुनसरी, ५ साउन । पूर्व उपकुलपतिको असामयिक निधनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक दिन विदा दिएर शोक मनाउने भएको छ । भने ३ दिन प्रतिष्ठानको भण्डा आधा झुकाउने भएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. कृष्णा पोखरेलका अनुसार प्रतिष्ठानका पूर्व उपकुलपति तथा रेडियोलोजी विभागका प्राध्यापक डा.राजकुमार रौनियारको २०७९ श्रावण ३ गते मंगलवारका दिन असामयिक निधन भएकोमा २०७९ श्रावण ६ गते शुक्रबारका दिन प्रतिष्ठानमा शोक विदा दिने र श्रावण ६ गते देखि ८ गते ३ दिनसम्म प्रतिष्ठानको झण्डा आधा झुकाउने प्रतिष्ठानले निर्णय गरेको छ ।

‘वहा जस्तो एक कुशल प्राध्यापकको निधनले प्रतिष्ठान लगायत राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको छ ।’ उपकुलपति डा. ज्ञानेन्द्र गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डा. रौनियारको ब्रेन हेम्रेजका कारण मंगलबार भारतको कोलकत्तामा उपचारकै क्रममा मृत्यु भएको थियो ।
 विगतदेखि नै उच्च रक्तचापबाट पीडित प्रा.डा. रौनियारलाई सोमबार स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कलकत्ता स्थित एक अस्पतालमा भर्ना गरिएकोमा मगलबार बिहान १० बजे निधन भएको बताइएको थियो ।

रौनियार दक्षिण एसियाली रेडियोलोजिष्ट एशोसिएशनका अध्यक्ष समेत भइसकेका थिए । उनले रेडियोलोजिस्ट क्षेत्रमा राम्रो काम गरेवापत गोल्डमेड समेत हासिल गरेका थिए ।















0 प्रतिकृया