Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


लिभरपुलको जितमा नुनेज एक्लले गरे चार गोल

एक्सन खबर
साउन, ६, २०७९


लिभरपुलको जितमा नुनेज एक्लले गरे चार गोल

काठमाडौ, ६ साउन । डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्धतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ ।

बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछी बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे ।

अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछी लिभरपुल र म्यानचेस्टर सिटीबिच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।













0 प्रतिकृया