Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु

एक्सन खबर
साउन, ७, २०७९


श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु

ताप्लेजुङ, ७ साउन । श्रीमान कुटपिटबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ ।

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमान लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 













0 प्रतिकृया