यस्ताे छ मंगलबारसम्मको मौसम
एक्सन खबर
काठमाडौं, ८ साउन । आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ ।
मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
सोमबार पहाडी भू–भागका केही स्थान र अन्य भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
0 प्रतिकृया