Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


भक्तपुरमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

एक्सन खबर
साउन, ८, २०७९


भक्तपुरमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

भक्तपुर, ८ साउन । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाे भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएकाे बताए । उनका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।

ठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए ।

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । घटना आइतबार दिउँंसो १२ बजेतिर भएको हाे ।













0 प्रतिकृया