Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


अदुवाकाे बाेरा भित्र २८० केजी गाँजा सहित सुनसरीमा एक जना प्रक्राउ

एक्सन खबर
साउन, ८, २०७९


अदुवाकाे बाेरा भित्र २८० केजी गाँजा सहित सुनसरीमा एक जना प्रक्राउ

काठमाडौं, ८ साउन । सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित सडकबाट २ सय ८ किलोग्राम गाँजासहित एक जनालाई आइतबार विहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभूमि गाउँपालिका–२ बस्ने २० वर्षीय तेज राई रहेका छन् ।

को. १ ख २९२६ नम्बरको अदुवा बोकेको मिनिट्रकलाई अस्थाई प्रहरी पोष्ट ईनरूवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ७ वटा बोरामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी मिनिट्रकका चालक तेजलाई पक्राउ गरेको हो ।  साे विषयमा अनसुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै आज नै देशका विभिन्न जिल्लाबाट ५ जनाई लागूऔषधसहित पक्राउ गरिएकाे छ । दाङ, झापा, मकवानपुर, धनकुटाबाट अवैध लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

दाङको घोराही उपमहानगरपालिका–१५ शान्तिनगर टोलस्थित सृजना खाजा घर एण्ड रेष्टुरेण्टकी सञ्चालक ४७ वर्षीया हरि राना क्षेत्रीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । उनको साथबाट ३ सय २० मिलिग्राम ब्राउन सुगर बरामदर गरिएको प्रहरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट ७ वटा पुरियामा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुल छेउबाट कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र २५ वर्षीय सन्दिप कुमाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम हेरोईन बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ खादेगाउँ बस्ने ५४ वर्षीय सोनाम सिंह रूम्बालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरबाट करिब १ सय ३१ किलोग्राम गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा ७ वटा बोरामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएपछि घरधनी रूम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरेको हो ।

धनकुटाको धनकुटा नगरपालिका–९ थानी चोकबाट करिब ४ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–५ बस्ने २१ वर्षीय मनोज परियार छन् ।

प्रदेश १–०२–००१ ज ४०७७ नम्बरको बोलेरोलाई अस्थाई प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोलेरोको छतमा गाँजा फेला पारी बोलेरो चालक परियारलाई पक्राउ गरेको हो ।













0 प्रतिकृया