Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


भावनाले ल्याइन् चट्ट रातो सारीमा

एक्सन खबर
साउन, १०, २०७९


भावनाले ल्याइन् चट्ट रातो सारीमा

काठमाडौं, ९ साउन । गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् ।

भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन छ । भिडियोमा कविता तोलंगीको मेकअप छ ।

नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।

भिडियो लिंक :















0 प्रतिकृया