Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


एसईईको परीक्षाफल आज, त्यसअघि बोर्ड बैठक बस्दै

एक्सन खबर
साउन, ११, २०७९


एसईईको परीक्षाफल आज, त्यसअघि बोर्ड बैठक बस्दै

काठमाडौं, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । त्यसअघि आजे दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ ।

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख गरे । बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।   ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।













0 प्रतिकृया