Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


जंगली च्याउ खाँदा एकै परिवारका ५ बालबालिका बिरामी

एक्सन खबर
साउन, ११, २०७९


जंगली च्याउ खाँदा एकै परिवारका ५ बालबालिका बिरामी

बैतडी, ११ साउन । जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० बर्ष मुनी उमेर समुहका रहेका छन् । च्याउ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थाले पछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो ।
 













0 प्रतिकृया