Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


के कारणले भयाे टाइगर र दिशाको ब्रेकअप ?

एक्सन खबर
साउन, ११, २०७९


के कारणले भयाे टाइगर र दिशाको ब्रेकअप ?

काठमाडौं, ११ साउन । बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।

झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ । जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन ।

तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग नचलिरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ । जोडीमा केही असमझदारी भएपछि एकापसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन् ।

टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ । ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे ।













0 प्रतिकृया