Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


तामाङ घेदुङ नयाँ शैलीले चल्नुपर्ने तामाङ अगुवाहरुको धारणा

एक्सन खबर
साउन, ११, २०७९


तामाङ घेदुङ नयाँ शैलीले चल्नुपर्ने तामाङ अगुवाहरुको धारणा

धरान, ११ साउन । तामाङ जातिको साझा संस्था नेपाल तामाङ घेदुङले परम्परागत शैली छोडेर अब नयाँ शैली अपनाए चल्नुपर्नेमा तामाङ अगुवाहरुले जोड दिएका छन् । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तामाङ अगुवा तथा घेदुङका नेताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले घेदुङको विधान बमोजिमको संरचना र संगठनलाई चुस्त दुरुस्त राख्दै समय सापेक्ष नीति तथा कार्यक्रम र दीर्घकालीन योजना बनाएर घेदुङ अघि बढ्नु पर्ने बताए । घेदुङ स्थापना भएको ६७ वर्ष पुग्दासम्म सांस्कृतिक, भाषिक र धार्मिक जस्ता पहिचानका मुद्दा विद्यमान हुँदा शैक्षिक, राजनीतिक र आर्थिक मुद्दा ओझेलमा परेको भन्दै यस्ता मुद्दाहरु क्रमशः अन्त्य गर्ने गरी नीति तथा कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारीता ल्याइनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपाल तामाङ घेदुङ सुनसरीका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, विशेष अतिथि केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का अध्यक्ष रेखबहादुर घिसिङ, केन्द्रीय सदस्य जानुकला तामाङ, संरक्षक सदस्यद्धय मनु मोक्तान र लक्ष्मण मोक्तानले बोलेका थएि ।

यसैगरी, मोक्तातान वंशावली समाजका प्रदेश नंं १ का अध्यक्ष हर्क मोक्तान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, तामाङ पत्रकार संघका सुनसरी अध्यक्ष विना मोक्तान, घेदुङका धरान नगर उपाध्यक्ष सपन तामाङ लगायतले आ–आफ्ना विचार राखेका थिए ।













0 प्रतिकृया