Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


यु-२० साफमा लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

एक्सन खबर
साउन, ११, २०७९


यु-२० साफमा लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

काठमाडौ, ११ साउन । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो ।

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे । जितसँगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।



लगातार दोस्रो हारसँगै श्रीलंका बिना अंक पुछारमा छ ।

आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो ।

यद्यपि नेपालको जितसँगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोलेका छैनन् ।



लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।












0 प्रतिकृया








लोकप्रिय

















फल्लोअप