Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


खाेटाङमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते

एक्सन खबर
साउन, १२, २०७९


खाेटाङमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते

खोटाङ, १२ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैंसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ ।

कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायालाई गोठमै गएर आक्रमण गर्नेगरेको स्थानीय बताउँछन् । हुल बाँधिएर हिड्ने कुकुरले खसी, गोरु, गाई, भैंसी, भेडा लगायतलाई आक्रमण गर्ने गरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैंसी र गोरु मरेको राजभण्डारीले बताए ।

कुकुर आतंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँडडुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ ।

कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा बिज्ञप्ति जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँडडुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफै गर्न आव्हान गरेको छ । कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।













0 प्रतिकृया