Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामी लाभान्वित

एक्सन खबर
साउन, १२, २०७९


नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामी लाभान्वित

विराटनगर, १२ साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, वयरवन, विराटचौक र सुन्दरहरैंचाका विभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका हुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४३० जनाको मुटुको जाँच (इसीजी), २७६८ जनाको रगत परीक्षण र २३३० जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ ।

दाँतमा समस्या भएका ७४३ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ८३७२ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ४६२ जनाको शल्यक्रियासमेत भएको छ ।



मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवा प्रदान गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालन गर्न थालेको हो । जस अन्तर्गत शनिवारबाहेका हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् ।

भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुँने बिरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । बिरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइदिएको छ ।

यता, वयरवन र विराटचौकमा छ्ट्टै शिविर सञ्चालन गरेर १४२ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ । अब बेलबारी र पथरीशनिश्चरेका जेष्ठ नागरिकको पनि मुटु तथा फोक्सो रोगको उपचार गरिने जनाइएको छ ।













0 प्रतिकृया