Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण

एक्सन खबर
साउन, १३, २०७९


आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण

काठमाडौं, १३ साउन । आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आंकलन गरिएको छ । शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।













0 प्रतिकृया