Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


चन्द्रागिरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ९६५ बिरामीको स्वास्थ्य जाँच

एक्सन खबर
साउन, १३, २०७९


चन्द्रागिरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ९६५ बिरामीको स्वास्थ्य जाँच

काठमाडौं, १३ साउन । काठमाडौं मेडिकल कलेज (केएमसी ले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६५ जना लाभान्वित भएका छन् । केएमसीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १४ मा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १७४ जनाको इसिजी, २०६ जनाको ल्याव तथा १९७ जनाको युएसजी गरिएको छ । यसैगरी, ३२ जनाको दाँत खोलिएको थियो भने ३४ जनालाई ओ.टी. रेफर गरिएको केएमसीले जनाएको छ ।



डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालित केएमसीले आम जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । विभिन्न कारणले स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका नागरिकलाई गाउँगाउँ गएर स्वास्थ्य सेवा प्रदान गर्दा स्वस्थ नेपाल निर्माणको अभियानमा समेत टेवा पुग्ने समाजसेवी समेत रहेका डा. शर्माको भनाई छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविरसँगै अस्पतालको स्वास्थ्य सेवालाई उच्चस्तरीय समेत बनाउँदै गएको छ ।













0 प्रतिकृया