Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


कागेश्वरी मनोहराका प्रमुखसहितको टोलीद्वारा एभरेष्ट स्कुल अवलोकन

एक्सन खबर
साउन, १३, २०७९


कागेश्वरी मनोहराका प्रमुखसहितको टोलीद्वारा एभरेष्ट स्कुल अवलोकन

 भक्तपुर, १३ साउन । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलगायतको टोलीले शुक्रबार भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलको अवलोकन भ्रमण गरेको छ ।

नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ति थापा, नगरपालिका क्षेत्रको वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु तथा नगर क्षेत्रका स्कुलहरुका प्रिन्सिपलहरुको जम्बो टोलीले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलको अवलोकन भ्रमण गरेको हो ।

टोलीले स्कुलको शिशु कक्षादेखि कक्षा १० सम्मका कक्षा कोठाहरु, लाइब्रेरी, कम्प्युटर ल्याब, संगीत कक्ष, फोहोरमैला प्रशोधनलगायतका विषयहरुको अवलोकन भ्रमण गरेको थियो । साथै अवलोकन भ्रमणपछि विद्यालयका विविध विषयमा स्कुलका प्रिन्सिपललगायतसँग जानकारी लिएकाे थियाे । 



अवलोकन भ्रमणपछि नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा भक्तपुर नमूना नगर भएको भन्दै भक्तपुर नगरपालिकाको प्रशंसा गरे । 'हामी फरक पार्टीका मानिस भएपनि शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका भक्तपुर नगरपालिकाले गरेको कामको हामी सवैले प्रशंसा मात्रै होइन, अनुकरण पनि गर्नुपर्छ,' भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलको अवलोकन भ्रमणमा पुगेको मेयर कार्कीले शुक्रबार भने ।

भक्तपुर नगरपालिका जस्तै एभरेष्ट स्कुल पनि देशभरिकै स्कुलहरुका लागि नमूना स्कुल भएको उनले  बताए । उनले एभरेष्ट स्कुलबाट सिकेर अव कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्रका स्कुलहरुले पनि अनुशरण गर्ने जनाए ।













0 प्रतिकृया