Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


फ्रान्सेली रक्षक कोउन्डे बार्सिलोनामा

एजेन्सी
साउन, १४, २०७९


फ्रान्सेली रक्षक कोउन्डे बार्सिलोनामा

काठमाडौं, १४ साउन । फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् ।

२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए ।

कोउन्डेलाई यस अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्ने तयारी गरेको थियो । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ  ।













0 प्रतिकृया