Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

एक्सन खबर
साउन, १४, २०७९


पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नु पर्ने उनले बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राखेका हुन् । मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको समेत उनले आरोप लगाए । कांग्रेस कार्यकर्तालाई अब सामाजिक सञ्जालदेखि सम्रग गतिविधिमार्फत चुनावी माहोल निर्माण गर्ने उनले निर्देशन दिए ।

मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेसबाहेक अरु दल ले गर्न सक्दै भन्ने स्थापित भैसकेको विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको समेत उनले बताए । कांग्रेसले गरेका देशका उपलब्धिलाई आ–आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उनले आग्रह गरे ।

कांग्रेस पार्टीभित्रको एकता बलियो भए मात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने भन्दै उनले सार्वजनिक मञ्च वा सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने बताए।   













0 प्रतिकृया