२४ घण्टामा ४३८ संक्रमित थपिँदा दुई जनाको मृत्यु
एक्सन खबर
काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा देशभर ४३८
कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार
पछिल्लो २४ घण्टामा देशभर ४३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा
थप दुई जनाको मृत्यु भएको छ ।
देशभर गरिएको १ हजार ७७९ पीसीआर
परिक्षणका क्रममा २९२ जना र १ हजार ९२० एन्टिजेन परिक्षणका क्रममा १४६
जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर हालसम्म पीसीआर
परीक्षणबाट ९ लाख ८६ हजार १०० जना र एन्टिजेनबाट एक लाख ४२ हजार ५०९ जनामा
कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म देशभर कोरोनाका कारण ११ हजार
९६६ जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४ हजार
३६९ रहेको छ । पछिल्लो २४ घण्टामा २७७ जना कोरोना मुक्त भएका छन् । हाल
नेपालमा कोरोना संक्रमणदर १.२ प्रतिशत रहेको छ ।
0 प्रतिकृया