खाेटाङ केन्द्रविन्दु बनाएर बिहानै ६ रेक्टर स्केलको भूकम्प
एक्सन खबर
काठमाडौं, १५ साउन । पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएकाे छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हाे ।
खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बताए । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहेकाे छ ।
0 प्रतिकृया