Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


घरकाे मुलढोकामा नागको तस्विर राखी नाग पञ्चमी मनाईदै

एक्सन खबर
साउन, १७, २०७९


घरकाे मुलढोकामा नागको तस्विर राखी नाग पञ्चमी मनाईदै

काठमाडौं, १७ असार । हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरी मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

घरको मुलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दु:ख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा अर्थात देउता मानिन्छ । नाग देउता रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मान्यता रहेको छ । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने बताए । घरको मुलढोकामा नागको तस्विर टाँस्ने लगायत काठमाडौंको नक्सालस्थित नागपोखरीसहित ताल तलाऊमा गएर हिन्दुधर्मालम्बीहरुले नागको पुजाअर्चना गर्दै आएका छन् ।
 













0 प्रतिकृया