Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतिद्धारा उजुरी

एक्सन खबर
साउन, १८, २०७९


श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतिद्धारा उजुरी

वुटवल, १८ साउन । रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन् ।

तिलोत्तमा नगरपालिका–१७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।













0 प्रतिकृया