Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


स्रोत नखुलेको साढे ४९ लाखसहित कपनवाट घ्याल्चेन पक्राउ

एक्सन खबर
साउन, १९, २०७९


स्रोत नखुलेको साढे ४९ लाखसहित कपनवाट घ्याल्चेन पक्राउ

काठमाडौं, १९ साउन । कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधवार राति पक्राउ गरेको हो ।

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैया बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका घ्याल्चेन नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उतावाट पैसा पठाउने गरेको प्रारम्भिक वयान प्रहरीलाई दिएका छन । घ्याल्चेनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।













0 प्रतिकृया