Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


चेल्सीले सेसरसँग दुई वर्षको सम्झौता थप गर्दा कार्नेलाई भित्र्यायाे

एक्सन खबर
साउन, २०, २०७९


चेल्सीले सेसरसँग दुई वर्षको सम्झौता थप गर्दा कार्नेलाई भित्र्यायाे

काठमाडौं, २० साउन । स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इंग्लिस क्लब चेल्सीसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका छन् । चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् ।

राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् । यसअघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो । चेल्सी रहँदा उनले प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधी जितेका छन् ।

यसैगरी चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई पनि अनुबन्ध गरेको छ । चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो । युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको छ ।













0 प्रतिकृया