Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


थाइल्यान्डको नाइटक्लबमा आगलागी हुँदा १४ को मृत्यु

एजेन्सी
साउन, २१, २०७९


थाइल्यान्डको नाइटक्लबमा आगलागी हुँदा १४ को मृत्यु

बैंकक, २१ साउन । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

आगलागीको कारण खुलेको छैन । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

2009 मा, बैंककमा नयाँ वर्षको दिन सान्टिका क्लबमा आगो फैलिएपछि 60 भन्दा बढी व्यक्तिको मृत्यु भएकाे थियाे । क्लबका मालिकसहित दुई जनालाई २०११ मा जेल हालिएको थियो ।

2012 मा लोकप्रिय थाई पर्यटक गन्तव्य फुकेटको एक नाइटक्लबमा आगलागी हुँदा चार जनाको मृत्यु हुँदा दर्जनौं घाइते भएका थिए ।













0 प्रतिकृया