इरानमा बाढी पहिराेमा परी ८० जनाको मृत्यु
एजेन्सी
तेहरान, २१ साउन । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।
इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए । बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको छ ।
इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले देशभरका मन्त्रीहरू, संस्थाका प्रमुखहरू र गभर्नर-जनरलहरूलाई सम्भावित बाढी व्यवस्थापनका लागि आफ्ना सबै सुविधाहरू परिचालन गर्न आदेश दिएका छन् । उनले गभर्नर जनरलले आ–आफ्ना प्रदेश वा केही छिमेकी प्रदेशका बाढी प्रभावित क्षेत्रमा सबै सुविधासहित राहत उपलब्ध गराउन अनुराेध गरेका छन् ।
भारी वर्षाले अहिलेसम्म इरानका २० प्रान्तमा बाढी आएको छ, जसले १०० काउन्टी र ३०० गाउँमा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भावित उच्च जोखिम क्षेत्रहरू नदी, किनार र जलधाराहरूमा नजान चेतावनी दिइएको छ ।
0 प्रतिकृया