Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्ने पालाे

एक्सन खबर
साउन, २२, २०७९


यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्ने पालाे

काठमाडौं, २२ साउन । राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फारम खुल्ने गरेको छ । गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज (आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्याधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ ।

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ ।

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ ।

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।













0 प्रतिकृया