Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

एक्सन खबर
साउन, २२, २०७९


अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

मुम्बई, २२ साउन । अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ ।

फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ । अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने बताएका छन् ।

‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु । म कुनै पनि किसिमको छवि बनाउन चाहदिनँ । मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो । घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले भनेका छन् ।

उनले आफ्नो प्रयासबिना कुनै झण्झट परिवारसँग बसेर हेर्ने खालको फिल्ममा केन्द्रीत रहेको उल्लेख गरेका छन् । अक्षयको यो फिल्म र आमिर खानको ‘लाल सिंह चड्डा’ एकैदिन रिलिज हुँदैछ ।













0 प्रतिकृया